Kathmandu Press

ओली सरकारसँग जनताले आशा गर्न छोडिसकेः सिंह

काठमाडौं, जेठ १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता नै असफल बनाउन लागि परेको आरोप लगाएका छन्।&n....

ओली सरकारसँग जनताले आशा गर्न छोडिसकेः सिंह

काठमाडौं, जेठ १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता नै असफल बनाउन लागि परेको आरोप लगाएका छन्। 

कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आइतबार आयोजना गरेको जागरण कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले दिइरहेका पछिल्ला अभिव्यक्ति संविधानको मर्म र भावनाविरुद्ध भएको बताए। उनले प्रधानमन्त्री ओलीकै कारण मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने भएकाले जिम्मेवार बन्न आग्रह पनि गरे।

‘प्रधानमन्त्री ओलीमा अहंकार र दम्भ बढेको छ। संविधान केही हैन अब म जे बोल्छु त्यही नै सबैले मान्नु पर्छ जस्तो गरेर ओली प्रस्तुत भइरहेका छन्,’सिंहले भने,‘संविधान भन्दा माथि कोही हुन सक्दैन। दम्भ र अहंकार त्यागे हुन्छ।’

उनले जनताले दुई तिहाईको सरकारसँग धेरै आशा राखेपनि अब त्यो आशा गर्न छोडिसकेको पनि बताए। ‘भ्रष्टाचारका काण्डैकाण्डमा सरकार मुछिएको छ,’उनले भने,‘अब यो सरकारसँग जनताले केही आशा राखेका छैनन्। सबै कुरा छोडिसके।’
 

प्रकाशित मिति: १६:३२ बजे, आइतबार, जेठ १२, २०७६