पटक-पटक तेलमा भएको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग
काठमाडौं, माघ २९ : यातायात व्यवसायीहरुले तेलको मूल्यमा भएको वृद्धि फिर्ता लिन माग गरेको छन् । व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी पटक पटक भएका...
काठमाडौं, माघ २९ : यातायात व्यवसायीहरुले तेलको मूल्यमा भएको वृद्धि फिर्ता लिन माग गरेको छन् ।
व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी पटक पटक भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न व्यवसायीले माग गरेका छन् ।
सरकारले गएको पुस १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट आफूहरु पीडित बन्नुपरेको व्यवसायीको भनाइ छ ।
आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा बिगार्ने काम गरिरहेको व्यवसायीहरुले बताएका छन् ।
सरकारले २०७५ असोजमा सार्वजनिक सवारीमा एकैपटक १० प्रतिशत भाडा बढाएको थियो । त्यतिबेला तेलको मूल्यवृद्धिलाई मात्रै आधार मानेर भाडा बढाएको भन्दै व्यवसायीले यसपटक २०६५ सालमा लागू भएको वैज्ञानिक भाडा समायोजनको कार्यविधिअनुसार समायोजन गर्नुपर्ने माग राखेका छन् ।










-1754206481.jpg)
