Kathmandu Press

रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो।
रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौं माघ २९ : नेपाल दाहाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो।

झाँक्रीलाई सोधपुछका लागि बोलाएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताएका छन्।  

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गर्दै गत साता गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको थियो। 
 

प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्