भविष्यमा देखिन सक्ने महामारीका कारणहरू
कोभिड–१९ महामारीले संसारलाई नै चकित तुल्याए पनि सबैका लागि यो आश्चर्यको विषय होइन। धेरै विज्ञहरू वर्षौँ पहिलेदेखि हामी एक विश्व महामारी निम्त्याउँदै छौं...कोभिड–१९ महामारीले संसारलाई नै चकित तुल्याए पनि सबैका लागि यो आश्चर्यको विषय होइन। धेरै विज्ञहरू वर्षौँ पहिलेदेखि हामी एक विश्व महामारी निम्त्याउँदै छौं भनी चेतावनी दिँदै आइरहेका थिए। अहिले फेरि अधिकांश रोग विशेषज्ञहरू जनावरबाट उत्पन्न हुने रोग (जुनोटिक)बारे चिन्तित छन्।
कोभिड चीनको ओसिलो बजारमा बेचिएको पाङगोलिन सारसबाट सुरु भएको हो भन्ने अनुमान थियो। जुन धेरैहदसम्म साँचो सावित भयो। तर, अहिले फेरी कोभिडजस्तै, मानिसका लापरबाहीका कारण जुनोटिक रोगले थुप्रै जोखिमहरू निम्त्याउन सक्ने आंकलन गरिँदै छ।
वातावरणमा मानवीय प्रभाव, वन्यजन्तु आवासको अतिक्रमण र विश्वव्यापी यात्राले जनावर–जनित रोग सार्न मद्दत गरिरहेको छ। शहरीकरण, अत्यधिक जनसंख्या, विश्वव्यापार र अन्य अनियन्त्रित क्रियाकिलापले संयुक्त रूपमा अधिक महामारी निम्त्याउने कारण बनिरहेको छ।
विज्ञहरूको शोध र आकंलनका आधारमा आउन लागेका सम्भावित रोग र उत्पत्तिबारे केही जानौँ।
एसियाली चमेरोबाट
निपाह भाइरस विश्व स्वास्थ्य संगठनको शीर्ष १० प्राथमिक रोगहरूमध्ये एक हो। जसलाई आउदो महामारीको कारण बन्नसक्ने बताइएको छ। यसको निम्ति कुनै खोप विकाश भएको छैन र यो अत्यन्तै घातक छ। यससम्बन्धी प्रकोपहरू एसियामा पहिले पनि देखिएका छन्।
उत्तर अमेरिकाको लामखुट्टेबाट
हरेक वर्ष लामखुट्टेबाट सर्ने रोगहरूबाट लगभग १० लाख मानिस मरिरहेका छन्। लगभग ७० करोड मानिस यसबाट वर्षेनी संक्रमित हुनेगर्छन्। पृथ्वीमा प्रत्येक १० व्यक्तिमध्ये एक जनामा यो संक्रमण देखिने गर्छ।
अहिले, क्युवाको गुआन्टामो खाडीमा रहेको अमेरिकी सैन्य अड्डाका वैज्ञानिकहरूले यस्तो खतरनाक लामखुट्टे प्रजाति फेला पारेका थिए, जुन पहिला कहिल्यै देखिएको थिएन। सम्भावित समुद्री जहाजको मालबाहक कन्टेनरहरूमा लुकी एसियाबाट त्यहाँ ल्याइएको हुनसक्ने आँकलन वैज्ञानिकहरू गर्दैछन्। यसले चाँडै नै उत्तर अमेरिकामा जीका भाइरस र अन्य खतरनाक रोगहरू फैलाउन सक्ने अनुमान गरिएको छ।
अफ्रिकी ऊँटबाट
मर्स नामको एक कोरोना भाइरस कोविडभन्दा धेरै घातक छ। अफ्रिका र मध्यपूर्वका लाखौं मानिसहरूले उँटको दुध र मासुका लागि निर्भरशिल छन्। मौसम परिवर्तन र अत्यधिक जनसंख्याले गर्दा धेरै मानिसहरू ऊँटको सम्पर्कमा आइरहेका छन्।
त्यसकारण वैज्ञानिकहरू यसको प्रकोप निकट हुन सक्ला भनि डराउँछन्। केन्याका वैज्ञानिकहरू मर्स महामारी शुरू होला भनि ऊँटहरूको परीक्षण गरिरहेका छन्।
युरोपेली सुँगुरबाट
सन् २००९ को एच–१ एन–१ नामक स्वाइन फ्लूको प्रकोपले विश्वभरका फ्याक्ट्री फार्महरूमा सुधार ल्याएको छ। तर, आज युरोपका किसानहरूले आफैंलाई अथवा संगुरका बथानहरूलाई कुनै खोप लगाउँदैनन्।
यो रोग पुनः पत्ता लाग्दा कुनै रिपोर्ट गर्न आवश्यक समेत ठान्दैनन्। युरोपका केही प्रमुख स्वाइन इन्फ्लूएन्जा विशेषज्ञहरूसँग फ्याक्ट्री फार्मिङले अर्को स्वाइन फ्लूको प्रकोपको लागि सिर्जना गरिरहेको छ।
दक्षिण अमेरिकी बाँदरहरूबाट
पहेलो ज्वरोको खोप बनिसके पनि यस रोगले लगभग दुई लाख मानिसलाई संक्रमित गरिसकेको छ। यसबाहेक हरेक वर्ष यो रोगको कारण ३० हजार मानिस मरिरहेका छन्, जुन आतंकवादी हमला र विमान दुर्घटनामा भन्दा ज्यादा ठूलो असर हो।
मानिसले ब्राजिलको जंगलमा अतिक्रमण सुरू गर्नासाथ यसको प्रकोप बढ्दो छ। वैज्ञानिकहरू डराउँछन् कि पहेलो ज्वरो अब मानिसबाट बाँदर र फेरी बाँदर पछाडि मानिसमै फर्किरहेको छ। उनीहरू यस खतरनाक रोगबाट मानिसलाई बचाउने आशामा बाँदरहरूको खोप परिक्षण गर्दै छन्।
(बीबीसी डटकमबाट)