Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यास सिलिन्डरको १४ सय

सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय पुग्ने भएको छ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यास सिलिन्डरको १४ सय

काठमाडौं, माघ २८ : सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय पुगेको छ।

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ। पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य एक सय १२, डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेकाे छ।

त्यस्तै, ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ। अब ग्यास प्रतिसिलिन्डर एक हजार चार सय पुगेको छ।

तर, हवाई इन्धनको मूल्य भने बढेको छैन। अहिले हवाई इन्धनको मूल्य यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

 

प्रकाशित मिति: २१:१७ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्