Kathmandu Press

चीनको अन्तरिक्ष यान मंगल ग्रहको कक्षमा प्रवेश

लामो यात्रापछि बुधबार राति ‘टियानवेन-१’ मंगल ग्रहको कक्षमा प्रवेश गर्न सफल भएको हो। यो मंगल ग्रहमा पुग्ने पहिलो चिनियाँ अन्तरिक्ष यान हो, जसलाई गत २३ जुलाईमा दक्षिणी टापु हाइनानबाट प्रक्षेपण गरिएको थियो।
चीनको अन्तरिक्ष यान मंगल ग्रहको कक्षमा प्रवेश

बेइजिङ (चाइना डेली-बीबीसी), माघ २८ : चीनको अन्तरिक्ष यान ‘टियानवेन-१’ मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ।

लामो यात्रापछि बुधबार राति ‘टियानवेन-१’ मंगल ग्रहको कक्षमा प्रवेश गर्न सफल भएको हो। यो मंगल ग्रहमा पुग्ने पहिलो चिनियाँ अन्तरिक्ष यान हो, जसलाई गत २३ जुलाईमा दक्षिणी टापु हाइनानबाट प्रक्षेपण गरिएको थियो।

यानमा जडित ‘३०००-न्युटन-थ्रस्ट आर्बिटल-कन्ट्रोल इन्जिन’लाई सक्रिय बनाइयो अनि मंगल ग्रहको गुरुत्वाकर्षणद्वारा ग्रहण गर्नेगरी ब्रेकिङ अपरेसनमा १५ मिनेट छाडियो।

यस्तै, उपलब्धी संयुक्त अरब इमिरेट्स (यूएई)ले एक दिनअघि हासिल गरेको थियो। मंगलबार यूएईको अन्तरिक्ष यान ‘होप’ मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो।

प्राचीन चीनका प्रख्यात कवि क्वा युआनको कविता ‘टियानवेन’बाट अन्तरिक्ष यानको नामकरण गरिएको हो, जसको अंग्रेजी अर्थ हुन्छ- ‘क्वेस्चन्स टु हेभन’ या ‘हेभन्ली क्वेस्चन्स’ अर्थात् स्वर्गीय प्रश्न।

‘टियानवेन-१’ को मंगल ग्रहमा प्रवेशबाट चीनको अन्तरिक्ष कार्यक्रमले ठूलो उपलब्धी हासिल गरेको छ। गत डिसेम्बरमा चन्द्रमाको माटो र ढुंगा पृथ्वीमा ल्याउने चिनियाँ मिसनपछिको अर्को महत्वपूर्ण उपलब्धी हो।
 
प्रकाशित मिति: २१:१४ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्