नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त
काठमाडौं, माघ २८ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन्। मंगलबार बसेको कम्पनीको संचालक समितिको ३१५ औं बैठकले...काठमाडौं, माघ २८ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन्।
मंगलबार बसेको कम्पनीको संचालक समितिको ३१५ औं बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले प्रसाईको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ ।
विगत साढे तीन वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो काम गरेको अनुभव उनीसँग छ।
प्रकाशित मिति: १८:४५ बजे, बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
