Kathmandu Press

कांग्रेसले भागरथी भट्टको घटनाबारे स्थलगत अध्ययन गर्न रमेश लेखकलाई तोक्यो 

काठमाडौं, माघ २८ : कांग्रेसले बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टको घटनाबारे स्थलगत अध्ययनका लागि  केन्द्रिय सदस्य रमेश लेखकलाई तोकेको छ। माघ २१ गते...
कांग्रेसले भागरथी भट्टको घटनाबारे स्थलगत अध्ययन गर्न रमेश लेखकलाई तोक्यो 

काठमाडौं, माघ २८ : कांग्रेसले बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टको घटनाबारे स्थलगत अध्ययनका लागि  केन्द्रिय सदस्य रमेश लेखकलाई तोकेको छ। 

माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च माविमा अध्ययनरत भट्टको बलात्कारपछि हत्या भएको थियो।

विद्यालयबाट घर फर्किने भएको उक्त घटनाको अहिलेसम्म दोशी पक्राउ परेका छैनन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त घटनाबारे यथार्थ बुझ्न केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएका हुन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार लेखकलाई दिएको पत्रमा, ‘उक्त घटनाबारे स्थलगत अध्ययन गरी यथार्थ प्रतिवेदन पेश गर्नु हुनका लागि सभापतिज्यूको निर्देशानुसार तपाईंलाई केन्द्रीय प्रतिनिधिका रूपमा बैतडी खटाइएको अनुरोध छ,’ उल्लेख छ।
 

प्रकाशित मिति: १८:३३ बजे, बुधबार, माघ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्