Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ६५ जना कोरोना संक्रमित

काठमाडौं, माघ २८ : काठमाडौं उपत्यकामा तीन जिल्लामा बुधबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकाको...
काठमाडौं उपत्यकामा थपिए ६५ जना कोरोना संक्रमित

काठमाडौं, माघ २८ : काठमाडौं उपत्यकामा तीन जिल्लामा बुधबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकाको भक्तपुरमा ६, ललितपुरमा ४ र काठमाडौंमा ५५ जनामा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै, यो अवधिका देशभर तीन हजार ५६७ को नमुना परीक्षणमा गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ। 

त्यस्तै, यो अवधिमा ११८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५५० पुगेको छ। 

मन्त्रालयका अनुसार नेपालमा निकोे हुनेको दर ९८.६ प्रतिशत रहेको छ।

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्