Kathmandu Press

थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २८ : नेपालमा थप १३४ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५६७ को नमुना परीक्षणमा गर्दा...
थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २८ : नेपालमा थप १३४ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५६७ को नमुना परीक्षणमा गर्दा बुधबार १३४ जनामा संक्रमण पुष्टि भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ। 

त्यस्तै, यो अवधिमा ११८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५५० पुगेको छ। 

मन्त्रालयका अनुसार नेपालमा निकोे हुनेको दर ९८.६ प्रतिशत रहेको छ। 

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्