ओलीका खुट्टी हेरेरै थाहा पायौँ : झलनाथ खनाल
नेकपा (प्रचण्ड-नेपाल) समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई भँगेराको भ्रमसँग तुलना गर्दै खुट्टी हेर्दै उनको हैसियतबारे जानकारी पाइएको बताएका छन्।
काठमाडौं, माघ २८ : नेकपा (प्रचण्ड-नेपाल) समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई भँगेराको भ्रमसँग तुलना गर्दै खुट्टी हेर्दै उनको हैसियतबारे जानकारी पाइएको बताएका छन् ।
प्रदर्शनी मार्गमा आयोजित सभालाई सम्बोधन गर्दै खनालले भने, ‘मिस्टर केपी ओली तपाईंका खुट्टी हैर्दै थाहा पायौँ । अब दुई वर्षपछि हुने चुनावमा दुई तिहाइ होइन, मेचीदेखि महाकालीसम्ममा एक सय ५६ निर्वाचन क्षेत्रमा जमानत जफत हुनेछ ।’
अहिलेको आन्दोलनको आवाज सुनिएन भने जनआन्दोलनको आगो दन्किने उनले बताए । निर्वाचन आयोगलाई कुन पार्टी आधिकारिक हुने भनेर सकस परेको उल्लेख गर्दै उनले भने, ‘आधिकारिक पार्टी हेर्न प्रदर्शनीमार्गमा आउनूस् । योभन्दा अर्को आधिकारिक नेकपा अर्को हुन सक्दैन ।’
प्रकाशित मिति: १५:४१ बजे, बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











