प्रधानमन्त्रीले संविधानलाई कुर्सीसँग साट्न खोजे : जनार्दन शर्मा
काठमाडौं, माघ २८: नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संविधानलाई प्रधानमन्त्री कुर्सीसँग साट्ने खोजेको बताएका छन् ।
काठमाडौं, माघ २८: नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संविधानलाई प्रधानमन्त्री कुर्सीसँग साट्ने खोजेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले काठमाडौं प्रदर्शनी मार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै शर्माले समयमै नचेते जनता विद्रोहमा उत्रिने चेतावनी दिए । ‘त्यो विद्रोहले सबै संघीयताविरोधी, गणतन्त्र विरोधी र जनअधिकारविरोधीलाई समाप्त पार्नेछ,’ उनले भने ।
समानुपातिक अधिकारलाई बोलीमा सीमित गर्ने प्रयास भइरहेको उनले बताए । ‘जनताका अधिकारलाई नारा मात्र बनाउन खोज्ने प्रयासविरुद्ध संघर्ष गर्दै आएका छौँ । सञ्चार क्षेत्रमा अंकुश लगाउने तानाशाह विरुद्ध हामीले संघर्ष गरिरहेका छौँ,’ उनले भने, ‘राष्ट्रका साधन स्रोत दलालको होइन, जनताको हातमा हुनुपर्छ । जनताको जीवनमाथि खेलबाड गरिएको छ ।’
अर्का स्थायी समिति सदस्य देव गुरुङले संविधानले पाँच वर्षको निर्वाचन तोकेकाले त्यसबाहेकको निर्वाचन संविधानले चिन्दैन । ‘राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै ओलीले संविधानमा कु गरे,’ उनले भने, ‘संसद पुनस्र्थापना गरेर प्रतिगमनलाई परास्त गर्नुपर्छ । संविधानले संसद विघटनाको कल्पना गरेको छैन । संविधानलाई कोमामा पु¥याएर मनपरीतन्त्र चलाइएको छ ।’











