Kathmandu Press

मनमा आँधी ल्याउने ‘आधीको मनोरम नृत्य’

काठमाडौं, जेठ १२ : अध्याँरो कोठा । एकाएक गाडी कुदेको आवाज आउँछ। लगत्तै बालबालिका चिच्याउँछन्। उनीहरूको रुवाइले सबैको ध्यान तान्छ।

स्कुलबसमा ....

मनमा आँधी ल्याउने ‘आधीको मनोरम नृत्य’
शिल्पी थिएटर।

काठमाडौं, जेठ १२ : अध्याँरो कोठा । एकाएक गाडी कुदेको आवाज आउँछ। लगत्तै बालबालिका चिच्याउँछन्। उनीहरूको रुवाइले सबैको ध्यान तान्छ।

स्कुलबसमा कोचाकोच गरिरहेका स–साना नानीहरू सम्हाल्दैछन्, सौभाग्य मिस र सविन सर। नानीहरूलाई सम्हाल्दै गर्दा सौभाग्य मिस र सविन सर उनीहरूको अभिभावकसँग गुनासो गर्छन्।

‘छोराछोरीको बोली फुटेको हुदैंन, खरर एबीसीडी भनिदियोस् भन्ने सोच्छन्, आमाबुबाहरू,’ शौभाग्य मिस भनिछन्। त्यसमै सहि थप्छन् सविन सर पनि।

Hardik ivf

उनीहरूको गुनासो हुन्छ, आमाबुबा जागिरे हुन्छन्। शरहभरी च्याउजस्तै उम्रेका मन्टेसरीमा बालबालिका हालिदिन्छन्। शिक्षकशिक्षिकाकै जिम्मा छोड्छन्। महंगो स्कुलमा हालेपछि कर्तव्य सकियो भन्ने सोच्छन्। छोराछोरीको पढाइ कस्तो चलिरहेको छ? के समस्या छ? के चाहान्छन्? वास्तै गर्दैनन्।

यहि विषय केन्द्रमा राखेर बनेको नाटक हो, ‘आँधीको मनोरम नृत्य’। शिल्पी थिएटरको गोठाले नाटकघरमा चलिरहेको नाटकको दृश्यले सबैलाई झस्काउँछ। बालबालिका, अभिभावक, शिक्षक र विद्यालयको अवस्था चित्रण गरिएको छ, यसमा ।

स्कुलदेखि घरसम्म, मन्टेसरी जादादेखि कलेजसम्मको हाम्रो सिकाइ र त्यसले पारिरहेको प्रभाव उतारिएको छ, ‘आँधीको मनोरम नृत्य’मा। शारीरिक र मासिक परिवर्तनसँगै किशोरकिशोरीमा पर्दै गएको प्रभाव देख्न सकिन्छ, यसमा।

परिवारका सदस्य तथा शिक्षकशिक्षिकासँग भन्न नसकेका अर्थात भन्ने वातावरण नभएका कारण उनीहरूले भोगिरहेको मानसिक समस्याले चिमोट्छ।

यसमा घरेलुहिँसा, महिलामाथिका हिंसा पनि चित्रण गरिएको छ। त्यसले पार्ने प्रभावको बेलिविस्तार छ, नाटकमा । यसले अन्तिम समयसम्म दर्शकलाई बाँधिराख्छ।

नाटकका लेखक तथा निर्देशक घिमिरे युवराजे यो नाटक तयार पार्न निकै मिहिनेत गर्नु परेको बताए। ‘आफनो उमेरभन्दा धेरै अघिको कुरालाई चित्रण गर्नु पर्ने भएकाले लेखनमा निकै समय लागेको थियो,’ उनले भने।

यसका लागि थुप्रै किशोरकिशोरीसँग कुराकानी गरेको उनले बताए। ‘यहाँ आउने किशोरकिशोरीसँग कुराकानी गरेँ। उनीहरूको मनोभाव बुझ्ने धेरै कोशिस गरेँ,’ लेखक तथा निर्देशक युवराजले भने।

नाटक मञ्चनका क्रममा बजिराख्ने गीत र संगीतले ‘आँधीको मनोरम नृत्य’लाई अझै सशक्त र जीवन्त बनाएको छ।

वैशाख २१ देखि शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भइरहेको ‘आँधीको मनोरम नृत्य’ जेठ १३ गतेसम्म चल्ने छ।

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, जेठ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्