Kathmandu Press

पराजुलीको‘कोटेश्वरको केटो’ लाई एक लाख राशिको पुरस्कार

काठमाडौं, माघ २८ : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने...
पराजुलीको‘कोटेश्वरको केटो’ लाई एक लाख राशिको पुरस्कार

काठमाडौं, माघ २८ : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिश तथा निर्णायक मण्डलको मतलाई आधार मानेर यो कृतिलाई एक लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको इञ्जाले जनाएको छ।

Hardik ivf

संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’मा आजभन्दा साढे चार दशकअघिको काठमाडौंको दृश्य, परिवेश तथा तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरिएको छ। काँठेजीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, सङ्घर्ष र पीडाको कथा पुस्तकमा छ।

कसरी कोटेश्वरका स्थानीयवासीलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत पुस्तक एउटा गतिलो खुराक बन्न सक्ने जनाइएको छ।

तीन  दशक लामो पत्रकारिताको अनुभव सम्हालेका पराजुलीले अक्षरहरुसँग पाठमा पत्रकारिताका अनेक तीतामीठा प्रसङ्ग उल्लेख छ। कथा लेखनमा विशेष दक्खल राख्ने पराजुलीका यसअघि विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा मार्क्स २०६८, शुक्रराज शास्त्रीको चश्मा २०७३, भ्रष्ट संवेदना, अघोरी २०७५ कथासङ्ग्रह प्रकाशित छन्।

प्रकाशित मिति: १०:२८ बजे, बुधबार, माघ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्