शे-फोक्सुण्डो तालको गहिराइ नापिँदै
डोल्पा, जेठ १२ : देशकै गहिरो ताल शे–फोक्सुण्डोको गहिराइ नापिने भएको छ। यसका लागि विज्ञ टोली डोल्पा पुगेको छ।
मौसम विज्ञान विभागले शे&n....
डोल्पा, जेठ १२ : देशकै गहिरो ताल शे–फोक्सुण्डोको गहिराइ नापिने भएको छ। यसका लागि विज्ञ टोली डोल्पा पुगेको छ।
मौसम विज्ञान विभागले शे–फोक्सुण्डोको गहिराइ मापन गरेको थियो। त्यसमा विवाद भएपछि पुनः मापन गर्न विभागको टोली डोल्पा पुगेको हो।
शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित शे–फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली खटिएको छ। नेसनल हाइड्रोलोजिकल एन् मेट्रोलजिकल रिसर्च सेन्टर एन् कन्सल्टेन्सीलाई यो मापनको अनुमति दिइएको छ। त्यसकै नेतृत्वमा शे–फोक्सुण्डो गहिराइ नापिने टोलीमा रहेका विज्ञ ध्रुवलोचन अधिकारीले बताए।
टोलीमा दुई जना सर्वे गर्ने इञ्जिनीयर, एक जना डुङ्गा चालक, जल तथा मौसम विभागका विज्ञ टोलीमा रहेका छन्। मौसम विभागका सुवास तुलाधर, विनिता कायस्थ, दिनेश पराजुली र मौसम भण्डारी टोलीमा छन्। यो टोली चार दिन शे–फोक्सुण्डोमै बस्नेछ।
यसको गहिराइ वि.स. २०३६ मा मापन गरिएको थियो। जापानी नागकिरले गरेको मापन अनुसार, यसको गहिराइ ६ सय ५० मिटर रहेको छ। यसमा कुनै जीवनको अस्तित्व नरहेको उनको भनाइ थियो।
विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागमा फोक्सुण्डो तालको गहिराइलगायतका विशेषताका विषयमा रेकर्ड नराखिएपछि पछिल्लो समयमा विवाद बढेको स्थानीय आङबहादुर लामाले बताए।
दोस्रोपटक सन २००४ मा ब्याथिमेट्रिक सर्वे विधि अपनाई वैज्ञानिक मापन गर्दा तालको गहिराइ एस सय ४५ मिटर रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागमा पेश गरिएको थियो। त्यसमा विवाद आएको हो।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र रहेको यो ताल तीन हजार ६ सय ३५ मिटरको उचाइमा छ । यो ५ दशमलव ९३ किलोमिटर लम्बाइ र एक दशमलव ८० किलोमिटर चौडाइको छ।
अब गरिने मापनबाट एकीन विवरण आउने शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावासम्डुक गुरुङले बताए।






