Kathmandu Press

राष्ट्रपति पदको होइन, प्रवृतिको विरोध गरेकी हुँ : नेतृ झाक्री

बागलुङ, माघ २७ : नेकपा (प्रचण्ड नेपाल) समूहकी नेतृ रामकुमारी झाक्रीले राष्ट्रपति पदको नभइ प्रवृतिको विरोध गरेको बताएकी छिन्।मंगलबार बांगलुङमा आयोजित जिल्ला स्तरीय...
राष्ट्रपति पदको होइन, प्रवृतिको विरोध गरेकी हुँ : नेतृ झाक्री
रामकुमारी झाक्री।

बागलुङ, माघ २७ : नेकपा (प्रचण्ड नेपाल) समूहकी नेतृ रामकुमारी झाक्रीले राष्ट्रपति पदको नभइ प्रवृतिको विरोध गरेको बताएकी छिन्।

मंगलबार बांगलुङमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ झाक्रीले राष्ट्रपति व्यक्ति र पदको नभइ कार्यशैली र भूमिको विरोध गरेको बताइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। त्यसको जबाफ दिँदै नेतृ झाक्रीले भनिन्, 'राष्ट्रपति सम्मानित पद हो, मुलुकुको अभिभावक पनि हो, सोही अनुसार भूमिका निर्वाह गर्नुपर्छ।'

प्रधानमन्त्रीले असंवैधानिक कदम चाल्दा राष्ट्रपति नरोकेकोमा भने उनले विरोध जनाइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए।

त्यस विषयमा बोल्दै नेतृ झाक्रीले भनिन्, 'प्रधानमन्त्रीले स्वेच्छाचारी रुपमा असंवैधानिक कदम चाल्दा पनि राष्ट्रपतिले रोक्ने प्रयास नै नगर्नु दुर्भाग्य हो।’

राष्ट्रपतिले संसद् विघटनजस्तो संवेदनशील विषयमा पनि केवल साक्षी बस्ने काम मात्र गरेको उनको भनाइ थियो। अझै पनि गलत कार्यशैली र भूमिकाबारे प्रश्न गरिराख्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १९:२० बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्