Kathmandu Press

३ सय बढी पत्रकारले लगाए खोप,  विभागको परिचयपत्र अनिवार्य छैन    

काठमाडौं, माघ २७ :  पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको...
३ सय बढी पत्रकारले लगाए खोप,  विभागको परिचयपत्र अनिवार्य छैन    

काठमाडौं, माघ २७ :  पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकामा अब सूचना विभाग वा नेपाल पत्रकार महासंघ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएका छन् ।     
     
सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासंघको परिचयका आधारमा खोप लगाउने व्यवस्था गरेको हो ।     
     
सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ । खोप शुक्रबारसम्म सञ्चालन हुने छ । अहिलेसम्म करिब ३०० भन्दा बढी पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।    

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्