समितिलाई फोहोर र स्टल व्यवस्थापनको कार्यतालिका बनाउन कृषिमन्त्रीको निर्देशन
काठमाडौं, माघ २७ : कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन् । आज कालीमाटीस्थित तरकारी बजार...
काठमाडौं, माघ २७ : कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन् । आज कालीमाटीस्थित तरकारी बजार पुगेर उनले वस्तुस्थितिबारे जानकारी लिइन् ।
मन्त्री अर्यालले तरकारी बजारको ‘स्टल’ र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर चाँडै मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिइन् । फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उनले मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्षमा जानेसमेत बताइन् ।
मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उनले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताइन् ।
प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











