Kathmandu Press

बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य    

काठमाडौं, माघ २७ :   सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको...
बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य    

काठमाडौं, माघ २७ :   सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चमा संशोधन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

चालू आवमा  १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान गरिएको छ । यो कुल विनियोजनको करिब ९१.१९ प्रतिशत हो । गत जेठमा सरकारले तत्कालीन संघीय संसद्मा पेस गरेको बजेट भने  १४ खर्ब ४६ अर्ब रहेको थियो । यो अनुमान गर्दा प्रतिनिधिसभा निर्वाचन खर्च, कोभिड–१९ विरुद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्वसहमति दिइएका ठूला आयोजनाको सम्भावित दायित्वलाई मध्यनजर गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

उनका अनुसार चालूतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड (विनियोजित बजेटको ९६.४० प्रतिशत), पुँजीगततर्फ २ खर्ब ८३ अर्ब चार करोड (विनियोजित बजेटको ८०.२० प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १  खर्ब ४६ अर्ब ८६ करोड (विनियोजित बजेट ८५ प्रतिशत) हुने अनुमान गरिएको छ ।

चालू आवको अन्त्यसम्म सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण)  १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ  ३५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान रहेको छ । चालू आवको राजस्व लक्ष्य अनुमान गर्दा हालको राजस्व सङ्कलन अवस्था र विगतको प्रवृत्तिलाई आधार बनाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्