Kathmandu Press

सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी हत्या

दैलेख, जेठ १२ : सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी दैलेखको भैरवी गाउँपालिका–६ कुटीमा एक युवकको हत्या गरिएको छ।

अज्ञात समूहले महाब....

सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी हत्या

दैलेख, जेठ १२ : सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी दैलेखको भैरवी गाउँपालिका–६ कुटीमा एक युवकको हत्या गरिएको छ।

अज्ञात समूहले महाबु गाउँपालिका–५ का २५ वर्षीय गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए। उनको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ।
 
हत्यारा पत्ता लाग्न सकेको छैन्। छानविन भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, दार्चुलाको महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते भएका छन्।

शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो। उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घाइते दुवैलाई जिल्ला अस्पताल भर्ना गरिएको छ।

गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको छ। यसमा पनि हत्यारा पत्ता लाग्न सकेको छैन्।


यस्तैगरी, सर्लाहीको धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया महिलाको हत्या गरिएको छ। मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
क्रिम र रातो रङको साडी, खैरो रङको चोलो लगाएकी महिलाको पहिचान खुलेको छैन। शव अहिले सर्लाही अस्पताल मलङ्गवाको शवगृहमा राखिएको र घटना बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रदीपसिंह राठोरले बताए।

प्रकाशित मिति: ११:२६ बजे, आइतबार, जेठ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्