Kathmandu Press

‘भ्यलेन्टाइन डे’मा यती एयरको विशेष अफर

काठमाडौं, माघ २७ : प्रेमदिवस ‘भ्यलेन्टाइन डे’ फेब्रुअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ मा विशेष अफर सार्वजनिक गरेको...
‘भ्यलेन्टाइन डे’मा यती एयरको विशेष अफर

काठमाडौं, माघ २७ : प्रेमदिवस ‘भ्यलेन्टाइन डे’ फेब्रुअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ मा विशेष अफर सार्वजनिक गरेको छ। पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म बससेवा उपलब्ध गराइनेछ।

टिकट भने पुरानै मूल्य अथार्त आठ हजार ८४८ तोकिएको छ। अफर अन्तर्गत पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा एक हजार क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड दिइनेछ। 
 

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्