Kathmandu Press

हिमाल चढ्दा यो सिजनमा २० आरोहीको मृत्यु

काठमाडौं, जेठ १२ : हिमाल आरोहण गर्दा यो सिजनमा २० जना आराेहीको मृत्यु भएको छ। सगरमाथा आरोहणका क्रममा मात्रै १० जनाले ज्यान गुमाएका छन्। पछिल्लो पटक शन....

हिमाल चढ्दा यो सिजनमा २० आरोहीको मृत्यु
प्रोजेक्ट पोसिबल

काठमाडौं, जेठ १२ : हिमाल आरोहण गर्दा यो सिजनमा २० जना आराेहीको मृत्यु भएको छ। सगरमाथा आरोहणका क्रममा मात्रै १० जनाले ज्यान गुमाएका छन्। पछिल्लो पटक शनिबार बेलायती नागरिकको मृत्यु भएको हो।

सगरमाथा आरोहण गरेर फर्किने क्रममा बेलायती नागरिक रोबिन हाइनेसको मृत्यु भएको हाे। ४४ वर्षीय रोबिनको करिब डेढ सय मिटर ओर्लिपछि मृत्यु भएको ट्रेकिङ एजेन्सी एभरेस्ट परिवार एक्सपेडिसनले जनाएको छ।

सरगमाथाको सफल आरोहण गरेर फर्केका उनी करिब डेढ सय मिटर आर्लिएपछि लडेका थिए। सहयोगी शेर्पाले उठाएर तल ल्याए पनि जोगाउन नसकिएको एभरेस्ट परिवार एक्सपेडिसनले जनाएको छ ।

यस अघि सगरमाथा आरोहणका क्रममा नौ जनाको मृत्यु भइसकेको छ। यो गत वर्षको भन्दा बढी हो।

यस वर्ष सगरमाथाको चुचुरोमा ‘ट्राफिक जाम’ भएकाले पनि केहीको मृत्यु भएको जनाएको छ। एकै पटक धेरै आरोहीले सगरमाथा आरोहण गर्दा ‘ट्राफिक जाम’ भएको हो।

यो सिजनमा अन्य हिमाल आरोहण पनि आरोहीले ज्यान गुमाएका छन्। पर्यटन विभागका अनुसार, सगरमाथामा १० सहित २० जनाले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका छन्।

आराेहणका क्रममा सगरमाथामा १०, मकालुमा चार, कञ्चनजंघामा तीन, ल्होत्से, अन्नपूर्ण र चोयूमा एक/एक आरोहीको मृत्यु भएको हो।

प्रकाशित मिति: १०:५० बजे, आइतबार, जेठ १२, २०७६