ट्राफिक महाशाखाले सवारीधनीलाई बुझायो २५ वटा मोटरसाइकल
काठमाडौं, माघ २७ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाएको छ । ट्राफिक प्रहरीको विशेष अपरेसन...काठमाडौं, माघ २७ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाएको छ ।
ट्राफिक प्रहरीको विशेष अपरेसन टोली परिचालन गरी चोरीमा संलग्न मानिससहित मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
सोही क्रममा महाशाखाको सादा पोसाकमा खटिएको टोलीले असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाउँपालिका–८ का २६ वर्षीय बिष्णु मिजारलाई पक्राउ गरेको छ ।
उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकीलगायतका स्थानबाट फेला पारी आज २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











