Kathmandu Press

सुनको मूल्यमा एक हजार पाँच सय रुपैयाँले वृद्धि

काठमाडौं, माघ २७ : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको छ। सोमबारको तुलनामा एक हजार ५ सय रुपैयाँले बढेसँगै...
सुनको मूल्यमा एक हजार पाँच सय रुपैयाँले वृद्धि

काठमाडौं, माघ २७ : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको छ। 

सोमबारको तुलनामा एक हजार ५ सय रुपैयाँले बढेसँगै सुनको मूल्य मूल्य ९१ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार उक्त सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय रुपैयाँ पुगेको छ। साथै, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ।

सोमबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबारका लागि १ हजार ३४० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्