Kathmandu Press

युवासंघको अध्यक्षमा युवासंघको सिंह चयन

काठमाडौं, माघ २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवासंघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन्। यही माघ २५ र...
युवासंघको अध्यक्षमा युवासंघको सिंह चयन

काठमाडौं, माघ २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवासंघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन्। यही माघ २५ र २६ गते काठमाडौँमा भएको संघको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

संघका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ। संघको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, अन्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहेका छन्। 

यस्तै सचिवमा रवीन्द्र लम्साल, सुमन बुढा, सन्तोषप्रकाश जोशी, सीता सुवेदी,  सङ्गीता अछामी, मिलन सिंह, सुमित्रा बोगटी, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, खिलबहादुर राना, सम्राट गौचन, अमित पौडेललगायत ३५ जना रहेका छन्। कोषाध्यक्षमा मुकेश बुढाथोकी, सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसी रहेका छन्। सहअध्यक्ष पौडेलले तीन महिनापछि संघको पुनःगठन गरिने बताए। आगामी जेठ महिनामा अहिलेका अध्यक्ष सिंह ४० वर्ष उमेर पुगेपछि सहअध्यक्ष पौडेल अध्यक्ष बनाउने सहमति भएको छ।

प्रकाशित मिति: १०:३७ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्