Kathmandu Press

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं, माघ २७ : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी...
राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं, माघ २७ : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुनेछ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सोमबार सम्पन्न खेलमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलअन्तरले पराजित गरेको थियो। एपिएफ सात खेलबाट २१ अंक जोड्दै लिगको शीर्षस्थानमा छ। लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ। आर्मीले सात खेलमा १५ अंक जोडेको छ। 

प्रकाशित मिति: १०:३२ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्