Kathmandu Press

मुस्लिम समुदायका सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिन माग

काठमाडाैं, जेठ ११ : मुस्लिम आयोगले मुस्लिम सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ। 

मुस्लिम सांस्कृतिक पर्वमा सार्....

मुस्लिम समुदायका सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिन माग

काठमाडाैं, जेठ ११ : मुस्लिम आयोगले मुस्लिम सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ। 

मुस्लिम सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आयोगको एक टोलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  ध्यानाकर्षण पत्रसमेत बुझाएको छ। आयोगको टोलीले मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक र सांस्कृति पर्वहरु ईदुलफित्र (ईद), ईदुलअज्हा (बकर ईद) र मोहम्मद जयन्ती (मोहम्मद दिवस) मा राष्ट्रिय सार्वजनिक बिदाको व्यवस्था गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेको हो।

ध्यानाकर्षण पत्रमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आयोगको विसं २०७५ चैत ११ गतेको निणर्यअनुसार गृह मन्त्रालयमा अनुरोध गरी पठाएकामा हालसम्म कुनै निर्णय अगाडि नबढेकाले प्रधानमन्त्रीबाट नै आवश्यक पहल  गर्न अनुरोध गरिएको छ। ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले मुस्लिम सांस्कृतिक पर्वहरुमा सार्वजनिक बिदा दिनेबारे आगामी मन्त्रिपरिषद्को बैठकमा छलफल गरी निर्णय गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता एवं बहुधार्मिक र बहुसांस्कृतिक विधेषतामूलक देशका रुपमा स्थापित गरिसकेको सन्दर्भमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताएका थिए।
 

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, जेठ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्