सहकारीबाट लाखौँ चोरी, लेखाप्रमुख प्रहरी नियन्त्रणमा
काठमाडौं, माघ २६ : सहकारीबाट लाखौँ रुपैयाँ चोरी भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान मन्दिर नजिक रहेको शौभाग्यशाली बचत तथा ऋण सहकारी...
काठमाडौं, माघ २६ : सहकारीबाट लाखौँ रुपैयाँ चोरी भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान मन्दिर नजिक रहेको शौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट नगद १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गए राति चोरी भएको हो ।
प्रहरीले सोधपुछका लागि सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएको छ । प्रहरीले चोरीबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १७:२२ बजे, सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











