Kathmandu Press

कीर्तिमानी २४ औं पटक सगरमाथाको शिखरमा पुगेर फर्किए कामिरिता 

काठमाडौं, जेठ ११ : कीर्तिमानी २४ औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कामिरिता शेर्पा काठमाडौं फर्किएका छन्। 

२४ औं पटक स....

कीर्तिमानी २४ औं पटक सगरमाथाको शिखरमा पुगेर फर्किए कामिरिता 

काठमाडौं, जेठ ११ : कीर्तिमानी २४ औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कामिरिता शेर्पा काठमाडौं फर्किएका छन्। 

२४ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल आरोही कामिरिता शनिबार दिउँसो काठमाडौं फर्किएका हुन्। 

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षीय शेर्पाले जेठ ७ गते कीर्तिमानी २४ औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए। यसअघि कामिरिताले गत वर्ष जेठ १ गते २३ औं पटक सगरमाथाको आरोहण गरेका थिए।

उनी सन् १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। २४ वर्षको उमेरमा हिमाल आरोहण थालेका कामिरिताले  पाकिस्तान र भारतको सीमामा रहेको केटु हिमाल पनि आरोहण गरिसकेका छन्। उनले ल्होत्से एक पटक, मनास्लु २ पटक र छोयु हिमाल ८ पटक आरोहण गरिसकेका छन्। 
 

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, जेठ ११, २०७६