Kathmandu Press

१३० जना कोरोना संक्रमित थपिए, १९४ जना कोरोनामुक्त 

काठमाडौं, माघ २६ : पछिल्लो चौबिस घण्टामा नेपालमा १३० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५...
१३० जना कोरोना संक्रमित थपिए, १९४ जना कोरोनामुक्त 

काठमाडौं, माघ २६ : पछिल्लो चौबिस घण्टामा नेपालमा १३० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

आज १९४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७८ हजार २६६ पुगेको छ । आज संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या बढी छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार आज कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २ हजार ४५ पुगेको छ ।

प्रकाशित मिति: १७:०३ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्