Kathmandu Press

भोलि प्रतिनिधिसभा विघटन मुद्दाको बहस नहुने

काठमाडौं, माघ २६ :  प्रतिनिधिसभा विघटन मुद्दाको बहस भाेलि (मंगलबार) नहुने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस...
भोलि प्रतिनिधिसभा विघटन मुद्दाको बहस नहुने

काठमाडौं, माघ २६ :  प्रतिनिधिसभा विघटन मुद्दाको बहस भाेलि (मंगलबार) नहुने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस नहुने भएको हो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने जानकारी गराएका छन्।

अब माघ २८ गते प्रतिनिधिसभा विघटन मुद्दामा सरकार पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। 

प्रकाशित मिति: १६:५० बजे, सोमबार, माघ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्