आज पनि १० अर्बभन्दा बढीको कारोबार, माइक्रोफाइनान्स, हाइड्रो, व्यापार उपसूचकमा करेक्सन
काठमाडौं, माघ २६ : साताको दोस्रो कारोबार दिन पनि नेप्समा १० अर्बमाथिको कारोबार भएको छ । आज २०६ कम्पनीका २ करोड १ लाख १ हजार...काठमाडौं, माघ २६ : साताको दोस्रो कारोबार दिन पनि नेप्समा १० अर्बमाथिको कारोबार भएको छ । आज २०६ कम्पनीका २ करोड १ लाख १ हजार ५५५ कित्ता सेयर १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८६९ रुपैयाँमा खरिद बिक्री भएको छ ।
नेप्से परिसूचक भने ३७.४८ अंकले बढेर २ हजार ५६१.४७ अंकमा बन्द भएको छ । यो बिन्दु अहिलेसम्मकै उच्च हो । आज व्यापार, हाइड्रोपावर, निर्जीवन बिमा र माइक्रोफाइनान्स उपसूचकमा करेक्सन आएको छ । बैंक, होटल, फाइनान्स, जीवन बिमा र अन्य सूचक उकालो लागेको छ ।
आज ग्रामीण विकास लघुवित्त र प्रभु बैंकको सेयर ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । हिमालय ऊर्जा विकास, उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्तलगायत कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
प्रकाशित मिति: १६:२९ बजे, सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमानशनिबार, मंसिर ८, २०८१
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा ८ जना घाइतेशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१