Kathmandu Press

पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा आइतबार अदालतमा बिदा

काठमाडाैं, जेठ ११ : सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको शोकमा एक दिन सबै अदालतमा बिदा दिने निर्णय गरेको छ।

....
 पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा आइतबार अदालतमा बिदा

काठमाडाैं, जेठ ११ : सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको शोकमा एक दिन सबै अदालतमा बिदा दिने निर्णय गरेको छ।

सर्वोच्चको शनिबार बसेको पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश खत्रीको ९६ वर्षको उमेरमा  भएको निधनको शोक प्रकट गर्न जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदा दिने निर्णय गरेको मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए।

अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार खत्रीको  निधन भएको थियो। पूर्वप्रधानन्यायाधीश खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

१९८० असोज ३ गते जन्मिएका खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२ मंसिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गरेका थिए प्रधानन्यायाधीश हुँदा उनको कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिको उल्लेखनीय योगदान पुर्‍याएका थिए।

विसं २००४ मा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका पूर्वप्रधानन्यायाधीश खत्रीले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिएका थिए।
 

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, जेठ ११, २०७६