Kathmandu Press

हिंसारहित समाजका लागि महाकाली–मेची साइकल यात्रा

हिंसारहित समाजका लागि महाकाली–मेची साइकल यात्रा

कञ्चनपुर, माघ २६ : हिंसारहित समाज र स्वच्छ वातावरणको मूलनाराका साथ आजदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट महाकाली–मेची साइकलयात्रा शुरु गरिएको छ।

बूढानीलकन्ठ राईटर क्लबको आयोजनामा ११ जनाको टोलीले साइकल यात्रा शुरु गरेको हो। रामबहादुर श्रेष्ठ (ओसो पुजारी) को संयोजकत्वमा शुरु भएको यात्रालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालको झण्डा हस्तान्तरण गरी बिदाई गरेका छन्। 

समाजमा बढ्दै गइरहेको हिंसा अन्त्य र वातावरण संरक्षणका लागि साइकलयात्राको महत्व रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।  काष्ठमाण्ड साइकल क्लबका अध्यक्षसमेत रहेका यात्राका संयोजक श्रेष्ठले दश दिनमा साइकलमै मेची पुगेर यात्रा समापन गरिने बताए। सिद्धार्थ र सगरमाथा इन्सोरेन्सले यात्रा सफल बनाउन आर्थिक सहयोग गरेको श्रेष्ठको भनाइ छ।

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्