तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, माघ २६ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ। छापावाला सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोवार...
काठमाडौं, माघ २६ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ। छापावाला सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोवार भएको छ। छापावाला सुन आइतबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोवार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले घटेको छ। ९० हजार १५० रुपैयाँमा आइतबार कारोवार भएको तेजाबी सुन आज ८९ हजार ९५० रुपैयाँ मूल्य निर्धारण भएको छ। त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ। एक हजार ३१० रुपैयाँमा आइतबार कारोवार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ।
प्रकाशित मिति: ११:२८ बजे, सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
