राजनाथ सिंहले भनेः नेपाल–भारत सम्बन्ध थप मजबुद हुन्छ
नयाँ दिल्ली, जेठ ११ : भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध अब धेरै राम्रो हुने विश्वास....

नयाँ दिल्ली, जेठ ११ : भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध अब धेरै राम्रो हुने विश्वास व्यक्त गरेका छन्।
सिंहले आफूहरुले नेपालको आर्थिक प्रगति र उन्नति चाहेकाले त्यसका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको स्पष्ट पारेका हुन्।
शनिबार आफ्नै निवासमा केही नेपाली पत्रकारहरुसँगको कुराकानीमा उनले भने,‘नरेन्द्र मोदीको नेतृत्वमा अब बन्ने सरकारले नेपालको विकास र समृद्धिमा झन धेरै सहयोग गर्छ।’
अहिले नेपाल–भारतबीच कुनैपनि दरार र असमझदारी नरहेको पनि उनले जिकिर गरे। यद्यपि सानातिना समस्या भए टेबुलमा बसेर हल गरिने उनले बताए।
उनले भने,‘मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ, अब बन्ने उहाँको नेतृत्वको सरकारले नेपाल–भारत सम्बन्ध मजबुद बनाउँछ। प्रभावकारी बनाउँछ।’











