शिक्षामा आमूल परिवर्तन ल्याउन आवश्यक छ : मन्त्री श्रेष्ठ
भक्तपुर, माघ २५ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । ‘शिक्षक सेवा दिवस २०७७’ को...
भक्तपुर, माघ २५ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । ‘शिक्षक सेवा दिवस २०७७’ को उद्घाटन गर्दै उनले परम्परागत शिक्षा नीति, यहाँको अस्थिरता, अराजकता, अन्योल र भ्रमको बादलभित्र सबै मडारिएकाले शिक्षामा आमूल परिवर्तन आवश्यक भएको बताएका हुन् ।
मन्त्री श्रेष्ठले भने, ‘मन्त्रालयमा अस्थायी, करार, उमेर नाघेका, राहत, इसिडी, स्वयंसेवक शिक्षकको समस्या त छँदै छ, फेरि अहिले द्वन्द्वपीडित शिक्षकको समस्या थपिएको छ, यी सबै समस्याको एकमुष्ठ हल खोज्नुपर्छ ।’
शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, चिकित्सा शिक्षा आयोगलगायतले भवन अपुग रहेको भन्दै जग्गा मागेकाले त्यसको हल पनि मन्त्रालयले गर्ने उनको भनाइ थियो । शिक्षक सेवा आयोगको रिक्त पदाधिकारी छिट्टै नियुक्ती गर्ने उनले बताए ।
प्रकाशित मिति: १९:०६ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











