'विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर दाहाल–नेपाल बाहिरिए’
पर्वत, माघ २५ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको बताएका छन् ।कुश्मा नगरपालिका–३...
पर्वत, माघ २५ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको बताएका छन् ।
कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले निर्वाचन आयोगले समेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न आग्रह गरे ।
उनले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उनले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएको दाबी गरे ।
२०७५ पुसदेखि निर्माण सुरु भएको उक्त पुल २०७७ असोजमा सम्पन्न भएको थियो । २५ मिटर लामो उक्त पुल ४ करोड १७ लाख ६२ हजारमा निर्माण सम्पन्न भएको हो । पुल निर्माण पछि दुर्लुङ्ग–बाजुङ सडक बाह्रैमास सञ्चालनमा आउने भएको छ । पुल सडक डिभिजन कार्यालय बागलुङले निर्माण गरेको हो ।–रासस











