Kathmandu Press

एकै दिन दुई मोहोडाबाट सगरमाथाको चुचुरोमा पुगिन् कल्पना

काठमाडौं, जेठ ११ : आरोही तथा महिला पत्रकार कल्पना महर्जन एकै दिन दुबै मोहोडाबाट सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी छिन्। 

उत्तरी मो....

एकै दिन दुई मोहोडाबाट सगरमाथाको चुचुरोमा पुगिन् कल्पना

काठमाडौं, जेठ ११ : आरोही तथा महिला पत्रकार कल्पना महर्जन एकै दिन दुबै मोहोडाबाट सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी छिन्। 

उत्तरी मोहोडाबाट बिहीबार बिहान १० बजेर २० मिनेटमा सफल आरोहण गरेकी महर्जनले सोही दिन दक्षिण मोहोडाबाट पनि सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्। दुबै मोहोडाबाट सगरमाथाको शिखरमा पुग्ने विश्वकै पहिलो महिला पत्रकारको कीर्तिमानी महर्जनले कायम गरेकी छन्।

यस्तै, दुबै मोहोडाबाट एकै दिन सगरमाथाको शिखरमा पुग्ने सम्भवत पहिलो व्यक्ति महर्जन भएको पर्वतारोहण व्यवस्थापन कम्पनी एइक्सेरियन्स आउटडोर्स नेपाल प्रालिका निर्देशक रबिन्द्र महर्जनले बताए। 

गत चैत २८ मा सगरमाथा आरोहणका लागि ल्हासा हिडेकी महर्जनले ४३ औँ दिनमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी हुन्।  उनी शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान २०१९ को नारासहित सगरमाथा आरोहणका लागि पुगेकी थिइन्।

महर्जनले ललितपुर महानगर स्थापनाको १०० औंँ वर्षगाँठ र वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको अवसरमा महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराएकी थिइन्। 
 

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, जेठ ११, २०७६