थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ २५ : नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ हजार २५१ जनामा...
काठमाडौं, माघ २५ : नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ हजार २५१ जनामा गरिएको परीक्षणमा थप ११९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित मध्ये ३६ जना महिला र ८३ जना पुरुष रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ।
यो अवधिमा २६० जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ जना पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:४९ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











