१० अर्बभन्दा बढीकाे कारोबार, दर्जनाैं कम्पनीका सेयरमा सकारात्मक सर्किट
काठमाडौं, माघ २५ : साताको पहिलो दिन सेयर बजारमा १० अर्बभन्दा बढी रकमबराबरको सेयर खरिद–बिक्री भएको छ । दुई सय दुई कम्पनीका १...काठमाडौं, माघ २५ : साताको पहिलो दिन सेयर बजारमा १० अर्बभन्दा बढी रकमबराबरको सेयर खरिद–बिक्री भएको छ । दुई सय दुई कम्पनीका १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँमा खरिद बिक्री भएको हाे ।
त्यस्तै नेप्से परिसूचकसमेत ४८.४७ अंकले बढेर २ हजार ५२४ अंकमा बन्द भएको छ । बैंक, विकास बैंक र म्युचुअल फन्ड उपसूचक ओरालो लागेका छन् भने हाइड्रो पावर, फाइनान्स, जीविन बिमालगायत उपसूचक उकालो लागेका छन् ।
आज नागरिक लगानीकोष, डेप्रोक्स डेभलपमेन्ट बैंक, गणपति माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्सलगायत आठ कम्पनीको सेयर मूल्य १० प्रतिशले बढेको छ भने अन्य दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
प्रकाशित मिति: १५:२९ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमानशनिबार, मंसिर ८, २०८१
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा ८ जना घाइतेशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१