Kathmandu Press

कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु

काठमाडौं, माघ २५ : कोरोना संक्रमणको कारण सुर्खेतमा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका ६ की ६१ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको...
कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु

काठमाडौं, माघ २५ : कोरोना संक्रमणको कारण सुर्खेतमा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका ६ की ६१ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो। 

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचाररत उनमा माघ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। साथै, उनलाई १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो। उनमा उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोगको समस्या रहेको थियो।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्