वर्ल्डलिंकको ‘तहल्का’ अफरमा २०० भन्दाबढी लाइभ टिभी च्यानल र १० एमबीपीएसको इन्टरनेट
काठमाडौं, माघ २५ : वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘तहल्का’ इन्टरनेट योजना ल्याएको छ । टिभीमार्फत मनोरञ्जनात्मक कार्यक्रम हेर्ने ग्राहकलाई प्राथमिकतामा राखेर सस्तोमा आइपी टिभी सेवा...काठमाडौं, माघ २५ : वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘तहल्का’ इन्टरनेट योजना ल्याएको छ । टिभीमार्फत मनोरञ्जनात्मक कार्यक्रम हेर्ने ग्राहकलाई प्राथमिकतामा राखेर सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउन ‘तहल्का’ इन्टरनेट योजना ल्याएको हो ।
ग्राहकले नेटटिभीले उपलब्ध गराउने २०० भन्दाबढी लाइभ टिभी च्यानल र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक ७९९ रुपैयाँमा पाउनेछन् ।
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल भन्छन्, ‘इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी “तहल्का” योजना ल्याएका छौं । यो अफर सस्तो भएकले आधारभूत टिभी प्रयोगकर्ताहरू, सोसल मिडियालगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ ।’
सरकारको डिजिटल नेपाल कार्यक्रमलाई यस अफरले सघाउने नेपालको भनाइ छ ।










-1754206481.jpg)
