Kathmandu Press

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई सोमबारदेखि खोप दिइँदै 

काठमाडौं, माघ २५ : कोभिड–१९ खोप अभियानको दोस्रो चरणमा  पत्रकार, दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने...
पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई सोमबारदेखि खोप दिइँदै 

काठमाडौं, माघ २५ : कोभिड–१९ खोप अभियानको दोस्रो चरणमा  पत्रकार, दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ ।  अभियानको दोस्रो चरणमा सोमबारदेखि पत्रकार, दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘शनिबार भएको निर्णयअनुसार नै पत्रकार र दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिहरूलाई कोरोना विरुद्धको खोप दिइने भनिएको हो,’ उनले काठमाडौं प्रेससँग भने, ‘सोमबारदेखि शुक्रबारसम्ममा दोस्रो चरणको खोप लगाइसक्नेछौं ।’

मन्त्रालयका अनुसार सूचना विभागबाट जारी गरिएको प्रेसकार्डका आधारमा पत्रकारलाई खोप दिइनेछ  । यूएन एजेन्सी, दूतावास र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई सम्बन्धित संस्थाको परिचयपत्र र आश्रितको हकमा सम्बन्धित संस्थाको सिफारिस आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । 

यस्तै काठमाडौंको त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल अस्पताल, पाटन अस्पताल र सिभिल अस्पतालमा दोस्रो चरणको खोप दिइनेछ । सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । 

शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ  ।

पहिलो चरणमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतमा फ्रन्टलाइनमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो । 

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्