सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि
काठमाडौं, माघ २५ : सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य...
काठमाडौं, माघ २५ : सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको छ। शुक्रबार छापावाल सुनको प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो।
महासंघले आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ तोकेको छ। शुक्रबार उक्त सुनको बजार मूल्य ८९ हजार ५५० रुपैयाँ थियो।
आइतबार सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। शुक्रबार एक हजार २९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३१० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: १३:०२ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
