Kathmandu Press

भट्टको हत्यारालाई कारवाही गर्न नेविसंघको माग

काठमाडौं, माघ २५ : नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न...
भट्टको हत्यारालाई कारवाही गर्न नेविसंघको माग

काठमाडौं, माघ २५ : नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ।

नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसंघ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन्।

‘विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु  दुःखद कुरा हो,’ अध्यक्ष ढुङ्गानाले विज्ञप्तिमार्फत भनेका छन्।
 

प्रकाशित मिति: ११:०५ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्