Kathmandu Press

खैरो हिरोइनसहित दुई पक्राउ

कञ्चनपुर, माघ २५ : बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको...
खैरो हिरोइनसहित दुई पक्राउ

कञ्चनपुर, माघ २५ : बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। स्तम्भ नम्बर ७८३/२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुको साथबाट लागुऔषधसहित बा६८प ३१६९ नंको मोटरसाइकल, नगद रकम रु चार हजार, बैंक चेक, मोबाइल झोला र भारतीय सीमकार्ड बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए। उनका अनुसार लागुऔषधसहित पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ।

प्रकाशित मिति: ११:०३ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्