Kathmandu Press

गोली हानी छोरीको हत्या, बाबु फरार

बैतडी, माघ २४ : बैतडीमा शनिबार साँझ एक जना बाबुले गोली हानी छोरीको हत्या गरेका छन्।बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले...
गोली हानी छोरीको हत्या, बाबु फरार

बैतडी, माघ २४ : बैतडीमा शनिबार साँझ एक जना बाबुले गोली हानी छोरीको हत्या गरेका छन्।

बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

Hardik ivf

शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

'छोरीको हत्या गरेर बुवा फरार रहेका छन्,' प्रहरी निरीक्षक खड्काले भने, 'घटना भएको सूचना पाएपछि पुरघाट प्रहरी चौकीबाट टोली खटिएको छ, थप कुरा आउन बाँकी छ।'

घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ। घटनापश्चात फरार रहेका धनबहादुरको खोजी भइरहेको छ।

विवाहित बेलमती एक महिनादेखि आमाबुवासँगै बसिरहेकी थिइन्। धनबहादुरले किन गोली चलाए भन्ने खुल्न सकेको छैन।

प्रकाशित मिति: २०:४० बजे, शनिबार, माघ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्