Kathmandu Press

विरोधलाई अझ व्यापक बनाउन देउवाको अपिल

काठमाडौं, माघ २४ : कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा आज आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद दिँदै यसलाई...
विरोधलाई अझ व्यापक बनाउन देउवाको अपिल

काठमाडौं, माघ २४ : कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा आज आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद दिँदै आगामी प्रदर्शनलाई अझ व्यापक बनाउन अपिल गरेका छन्।

सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खटेका शुभेच्छुक संस्था र पार्टीको सबै तहका पदाधिकारी तथा सदस्य एवं सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवालाई बधाइ ज्ञापन गरेका छन्। उनले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु¥याउनु हुने सञ्चारकर्मीमा पनि धन्यवाद ज्ञापन गरेका छन्।

त्यस्तै, पूर्वघोषणा अनुरुप आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिल गरेका छन्।

नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल साँस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल प्रदर्शन गरेका थिए।

त्यस्तै, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाःखल, र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले संयुक्तरुपमा प्रदर्शन उत्रिएका हुन्।

प्रकाशित मिति: २०:०० बजे, शनिबार, माघ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्