Kathmandu Press

माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गंगा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु


कैलाली, माघ २४: कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गंगा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ढिस्कोमा पुरिएर माटो खन्न गएका काजल विक र अञ्जु जैगढी घाइते इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।  उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।  माटो खनेर खाल्डो भएको ठाउँ केही दिनअघि वर्षा भएका कारण गलेको कारण खन्न थाल्दा भत्किएको स्थानीयको भनाइ छ ।

कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ ।

प्रकाशित मिति: १५:१२ बजे, शनिबार, माघ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्